चट्याङ् लागेर बैतडीमा बालिकाको मृत्यु <p>बैतडी। बैतडीमा चट्याङ लागेर आज एक बालिकाको मृत्यु भएकाे छ।</p> <p>शिवनाथ गाउँपालिका-२ की १२ वर्षीया न्याउली मडैको चट्याङ् लागेर मृत्यु भएकाे हाे।</p> <p>गोरु चराएर घर फर्किंदै गर्दा चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्