काठमाडाैं। कोभिड-१९ को संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपभोक्ताको रूपमा राजधानी काठमाडौँ र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्किएका छन्।

उनले वाणिज्य सचिव डा. वैकुण्ठ अर्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसहितको टोलीलाई लिएर बजार अनुगमनमा निस्किएका हुन्। उनीहरूले फागुन अन्तिम सातादेखि काठमाडौंको विभिन्न स्थानको स्थलगत अनुगमन गरी उपभोक्ता तथा बिक्रेताको समस्या तथा बजारमा उपभोग्य वस्तुको अवस्थाबारे जानकारी लिइरहेका छन्।

उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन्।

कोरोना भाइरसको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको भन्दै मनोवैज्ञानिक त्रास बढेपछि आपूर्ति व्यवस्थामा कुनै पनि समस्या नरहेको जानकारी दिने लक्ष्यसहित आफूहरू बजार अनुगमनमा परिचालित भएको मन्त्री भट्टको भनाइ छ। बजारलाई सन्तुलित बनाउन राज्यका तर्फबाट चाल्नुपर्ने र गर्ने सबै उपाय अपनाउने लक्ष्यसहित लागि परेको उनको भनाइ छ।

बजारमा इन्धनको अभाव नहोस् भनेर सरकारले नेपाल आयल निगमलाई मागअनुसार नै पेट्रोलियम पदार्थको आयात गर्न सहजीकरण गरिरहेको छ। सरकारले एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने दोहोर्‍याइरहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ।

पछिल्ला केही दिनयता निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ। ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिकटन पुर्‍याएको छ। अहिले एलपी ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिकटन छ।

उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारी कोरोना भाइरसका कारण ग्यासको अभाव हुन सक्ने आशङ्कामा सर्वसाधारणले घरघरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउँछन्।

“ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ”, उनी भन्छन्,  “एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ।”

“हामीले उद्योगीलाई भनेका छौं, मागअनुसारको ग्यास ल्याउनुहोस्, उद्योगीको मागअनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ।”

नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको छ। अहिले सोही परिमाणमा ग्यासको आयात भइरहेको छ।

फागु पूर्णिमाका कारण नेपाल र भारतका भन्सार लगातार पाँच दिन बन्द हुँदा ग्यास बुलेट भन्सार पास हुन नसक्दा केही अभावजस्तो देखिएको अध्यक्ष भण्डारीको भनाइ छ। “होली पर्वको आसपासमा नेपालमा तीन दिन सार्वजनिक बिदा र भारतमा दुई दिन सार्वजनिक बिदा हुँदा भन्सार जाँचपास हुन नसक्दा समस्या भएको हो”, उनले ने। नेपालमा हाल विभिन्न ५८ ग्यास उद्योग छन् ।

ग्यासको आयात बढाएका छौं

नेपाल आयल निगमले बजारको मागअनुसार नै पर्याप्त ग्यासको आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ। अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए। उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए। “हामीले उद्योगीलाई भनेका छौं, मागअनुसारको ग्यास ल्याउनुहोस्”, उनले भने, “उद्योगीको मागअनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ।”

पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन्। यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन्।

यस्तै २९-३० फागुनमा वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ। दुई दिनमा काठमाडौं उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन् ।

नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ। निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो। एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ। रासस

" /> काठमाडाैं। कोभिड-१९ को संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ।

"> ग्यास आपूर्तिमा समस्या छैन, एक सातामा सहज हुने: Dekhapadhi
ग्यास आपूर्तिमा समस्या छैन, एक सातामा सहज हुने

प्रतिक्रिया दिनुहोस्