भारतमा कोभिड-१९ बाट थप एकजनाकाे मृत्यु
नयाँ दिल्ली। कोराेना भाइरस (काेभिड-१९) को संक्रमणका कारण भारतमा थप एकजनाको मृत्यु भएको छ।

राजधानी नयाँ दिल्लीमा गयराति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा यसअघि अर्का एकजनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए। नयाँ दिल्लीमा अरू ६ जना कोरोना भाइरस संक्रमित भएका छन्।

२९ फागुनमा कोरोना संक्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो। ती व्यक्तिको २७ फागुनमा कर्नाटकमा मृत्यु भएको जनाइएको छ।

पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन्। ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकाे पाइएको छ।

दुईजनाको मृत्यु हुँदासम्म काेराेना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्