टिपरको ठक्करबाट खेल्दै गरेका बालकको मृत्यु <p>भक्तपुर। चाँगुनारायण&ndash;९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका डेढ वर्षीय बालकको सोही इँटाभट्टामा माटो बोक्ने मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महीने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।</p> <p>मध्यपुर अस्पताल ठिमी पुर्&zwj;याउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ।</p> <p>प्रहरीले ठक्कर दिने बा५ख ७९७१ नम्बरको मिनीटिपर र चालकलाई नियन्त्रणमा लिएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्