काठमाडौं। अंग्रेजी साहित्यका प्रध्यापक डा. डीपी भण्डारीको निधन भएको छ। ८५ वर्षीय भण्डारीको आज बिहान धुम्वाराहीकाे ह्याम्स अस्पतालमा निधन भएको भण्डारीसँग निकट सम्बन्धमा रहेका साहित्यकार हेमन्त विवशले जानकारी दिए।
सन् १९३६ मा जन्मिएका प्रध्यापक भण्डारी पछिल्लो १० वर्षदेखि अल्जाइमर्सका बिरामी थिए। पाँच वर्षदेखि त उनको स्मरणशक्ति पूर्णरूपमा गुमेको थियो।
साहित्यकार शेखर खरेलले भण्डारी पूर्वीय र पश्चिमा दुवै वाङ्मयको ज्ञाता भएको बताए। “उहाँ लेखनमा जति सरल हुनुहन्थ्यो, भाषणकला पनि त्यत्तिकै उत्कृष्ट थियो”, उनले देखापढीसँग भने, “रजनीश ओशोले पनि आफ्नो भाषणमा डीपी सरको सन्दर्भ उल्लेख गर्थे।”
निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भण्डारीलाई २१ फागुनमा अस्पताल भर्ना गरिएको थियो।
डीपी भण्डारीका अहिलेसम्म चारवटा निबन्धसंग्रह प्रकाशित छन्। मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०), रोटी र फूल0 (२०६३) र त्यो धरती, त्यो आकाश (२०६८)।
" /> काठमाडौं। अंग्रेजी साहित्यका प्रध्यापक डा. डीपी भण्डारीको निधन भएको छ। ८५ वर्षीय भण्डारीको आज बिहान धुम्वाराहीकाे ह्याम्स अस्पतालमा निधन भएको भण्डारीसँग निकट सम्बन्धमा रहेका साहित्यकार हेमन्त विवशले जानकारी दिए।सन् १९३६ मा जन्मिएका प्रध्यापक भण्डारी पछिल्लो १० वर्षदेखि अल्जाइमर्सका बिरामी थिए। पाँच वर्षदेखि त उनको स्मरणशक्ति पूर्णरूपमा गुमेको थियो।

">