विषाक्त मदिरा पिउँदा मृत्यु भएकाको संख्या ११ पुग्यो

काठमाडौं। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु भएकाको संख्या ११ पुगेको छ।

होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएका ११ जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। मदिरा पिएर गम्भीर अवस्थामा पुगेका चार जनाको रम्दैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मृत्यु भएका सबै आर्थिक रुपले विपन्न परिवारका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्