कैलाली। कैलालीमा बस र अटो रिक्सा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
आज विहान गोदावरी नगरपालिकाको चौकीडाँडामा दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ गईरहेको ना.४ ख ४५२८ नम्वरको बस र विपरीत दिशाबाट आएको से.१ ह २११४ नम्वरको अटो आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी अटो रिक्सामा चढेका गोदावरी नगरपालिका-६ का ५३ बर्षीय तुले कोलीको मृत्यु भएको हो। कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
दुर्घटनामा अटो चालक मान बहादुर बिक, नखरी कोली, अर्जुन कोली र दुर्गा कोली घाईते भएका छन्। घाइतेहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भईरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।