बसले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

चितवन। पूर्वी चितवनको भण्डारामा गएराति बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । दुर्घटनामा बाराको पर्वानीपुर नगरपालिका–२ का २३ वर्षीय राजीव ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते स्कुटरको पछाडि बसेका ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको पनि कोइरालाले बताए। स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्