विराटनगर। कोभिड-१९ संक्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आजदेखि  हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन शुरू गरेको छ। स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैं उत्पादन शुरू गरेको  हो।

उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चा पदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन शुरू गरेको अस्पतालका मेडिकल प्रमुख डा. संगीता मिश्राले जानकारी दिइन्।

अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नुका साथै एक हजार थान डबल लेयरको मास्कसमेत बनाइएको प्रमुख डा. मिश्राले बताइन्।

अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिनमा आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ।

अस्पताल प्रमुख डा. मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र मास्क सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुुरेश मेहतालाई हस्तान्तरण गरिन्।

अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ। स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ।

यसैगरी अस्पतालले कोभिड-१९ बाट संक्रमितका लागि तीन शय्याको फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालले कोभिड-१९ संक्रमण बिरामीको जाँचका लागि प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।

अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी ५०० प्रतिशतसम्म मूल्यवृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए। प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ।

अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने  गर्दछन्।

" /> विराटनगर। कोभिड-१९ संक्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आजदेखि  हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन शुरू गरेको छ। स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैं उत्पादन शुरू गरेको  हो।

उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चा पदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन शुरू गरेको अस्पतालका मेडिकल प्रमुख डा. संगीता मिश्राले जानकारी दिइन्।

अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नुका साथै एक हजार थान डबल लेयरको मास्कसमेत बनाइएको प्रमुख डा. मिश्राले बताइन्।

अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिनमा आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ।

अस्पताल प्रमुख डा. मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र मास्क सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुुरेश मेहतालाई हस्तान्तरण गरिन्।

अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ। स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ।

यसैगरी अस्पतालले कोभिड-१९ बाट संक्रमितका लागि तीन शय्याको फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालले कोभिड-१९ संक्रमण बिरामीको जाँचका लागि प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।

अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी ५०० प्रतिशतसम्म मूल्यवृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए। प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ।

अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने  गर्दछन्।

"> प्रदेश अस्पताल काेशीद्वारा स्यानेटाइजर र मास्क उत्पादन: Dekhapadhi
प्रदेश अस्पताल काेशीद्वारा स्यानेटाइजर र मास्क उत्पादन
विराटनगर। कोभिड-१९ संक्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आजदेखि  हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन शुरू गरेको छ। स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैं उत्पादन शुरू गरेको  हो।

उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चा पदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन शुरू गरेको अस्पतालका मेडिकल प्रमुख डा. संगीता मिश्राले जानकारी दिइन्।

अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नुका साथै एक हजार थान डबल लेयरको मास्कसमेत बनाइएको प्रमुख डा. मिश्राले बताइन्।

अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिनमा आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ।

अस्पताल प्रमुख डा. मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र मास्क सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुुरेश मेहतालाई हस्तान्तरण गरिन्।

अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ। स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ।

यसैगरी अस्पतालले कोभिड-१९ बाट संक्रमितका लागि तीन शय्याको फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालले कोभिड-१९ संक्रमण बिरामीको जाँचका लागि प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।

अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी ५०० प्रतिशतसम्म मूल्यवृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए। प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ।

अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने  गर्दछन्।

प्रतिक्रिया दिनुहोस्