कोभिड-१९ प्रभावः क्रिकेटका खेलहरू स्थगित
काठमाडौं। कोरोना भाइरस संक्रमण (काेभिड-१९) काे प्रभाव क्रिकेटमा पनि परेको छ।

भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय तथा इङ्ल्यान्ड र श्रीलंकाबीचको टेष्ट शृंखला स्थगित भएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका परिवर्तन गरिएको २४ घण्टा बित्न नपाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भारत र दक्षिण अफ्रिकाबीच हुने तीन खेलको एकदिवसीय शृंखला स्थगित गरेको हो।

त्यस्तै इङ्ल्यान्ड र श्रीलंकाबीचको दुई खेलको टेष्ट शृंखला पनि रद्द भएको छ।

आज सिड्नीमा सम्पन्न अष्ट्रेलिया र न्युजिल्यान्डबीचको खेल पनि खाली रंगशालामा खेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्