काठमाडौं। अजित गुरूङको ह्याट्रिकमा रानीपोखरी कर्नर टीम (आरसीटी) ले आज शहीद स्मारक ‘बी’ डिभजिन लिगमा मध्यपुर युथ एशाेसिएसनलाई ३-० ले पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आरसीटीले सातौं मिनेटमा अग्रता लिएको थियो। अजितले सातौं मिनेटमा गरेको गोलमा आरसीटीले अग्रता लिएको थियो।
४९औं मिनेटमा अजितले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।
मध्यपुरका संजीव थापामगरले बल क्लियर गर्ने क्रममा हातले बल छोएपछि आरसीटीले पेनाल्टी अवसर पाएको हो, जसलाई अजितले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
अन्तिम मिनेटमा अजितले विपक्षी चार रक्षकबीचबाट गोल गरेका थिए।
प्रतियोगितामा आरसीटीको यो पहिलो जित हो। यसअघि आरसीटीले दुई खेल बराबरी खेलेको थियो भने दुईमा पराजित भएको थियो।
मध्यपुरले भने अहिलेसम्म विजय हासिल गर्न सकेको छैन। मध्यपुरले चार खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ।
" /> काठमाडौं। अजित गुरूङको ह्याट्रिकमा रानीपोखरी कर्नर टीम (आरसीटी) ले आज शहीद स्मारक ‘बी’ डिभजिन लिगमा मध्यपुर युथ एशाेसिएसनलाई ३-० ले पराजित गरेको छ।सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आरसीटीले सातौं मिनेटमा अग्रता लिएको थियो। अजितले सातौं मिनेटमा गरेको गोलमा आरसीटीले अग्रता लिएको थियो।

">