आफैंले चलाएको बन्दुककाे गाेली लागेर दैलेखमा एकजना घाइते
<p>दैलेख। दैलेखको नौमूले गाउँपालिका-२ का एक युवा आफैंले चलाएको बन्दुककाे गाेली लागेर घाइते भएका छन्।</p>
<p>बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बीर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन्।</p>
<p>शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए।</p>
<p>स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पुर्‍याएका थिए। थप उपचारका लागि उनलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
