ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क उपलब्ध गराइने <p>कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालि धनगढीले आजदेखि हरेक दिन ज्येष्ठ नागरिकलाई धनगढी-काठमाडौं यात्रा गर्दा बसमा एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।</p> <p>आज धनगढी बसपार्कमा स्तरीय एसी बसको शुभारम्भपछि प्रालि अध्यक्ष पदमराज सापकोटाले उक्त घोषणा गरेका हुन्।</p> <p>उनले ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरुप दिउँसाे साढे ३ बजेकाे बसमा उक्त सेवा दिइने जानकारी दिए।</p> <p>सातवटा बसबाट सेवा शुरू गरेकाे प्रालिसँग अहिले ६०० को हाराहारीमा बस छन्।</p>
प्रतिक्रिया दिनुहोस्