काठमाडौं। दिनेश राईको गोलमा सातदोबाटो युथ क्लबले आज ब्वाइज युनियन क्लबलाई १-० ले पराजित गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई पाँच खेलसम्म कायमै राखेको छ।
सातदोबाटोको जितमा दिनेशले १४औं मिनेटमा गरेको गोल पर्याप्त बन्यो। सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिनेशले आकाश राईको पासमा गोल गरेका हुन्।
आकाशको पासलाई दिनेशले विपक्षी गोलकिपरलाई कटाएर खाली पोष्टमा गोल गरेका हुन्।
जितसँगै सातदोबाटो शीर्ष स्थानमा कायमै छ। सातदोबाटोले पाँच खेलमा सतप्रतिशत नतिजा निकालेको छ।
सातदोबाटोको १५ अंक छ। जुन दाेस्रो स्थानको बाँसबारी क्लबभन्दा चार अंकले माथि हो। तथापि बाँसबारीले एक खेल कम खेलेको छ। बासबाँरीले अहिलेसम्म सतप्रतिशत नतिजा निकालेको छ।
ब्वाइज युनियनको दोस्रो हार हो। ब्वाइज युनियन सात अंकका साथ पाँचौं स्थानमा छ। चौथो स्थानको टुसाल युथ क्लबसँग समान सात अंक भए पनि ब्वाइज युनियन गोलअन्तरमा पाँचौं स्थानमा रहेको हो।
" /> काठमाडौं। दिनेश राईको गोलमा सातदोबाटो युथ क्लबले आज ब्वाइज युनियन क्लबलाई १-० ले पराजित गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई पाँच खेलसम्म कायमै राखेको छ।

">