काठमाडौं। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’ आजबाट चौंथो हप्तामा प्रवेश गरेको छ। ९ फागुनबाट प्रदर्शनमा आएको यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ।
चौंथो हप्तामा प्रवेश गरेको खुशीयालीमा चलचित्रको निर्माणपक्षले सबैलाई धन्यवाद भनेको छ। चलचित्रले आफ्नो लगानी सुरक्षित गरेर मुनाफा समेत आर्जन गरिरहेको निर्माणपक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘चौंथो हप्तासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ’, विज्ञप्तिमा भनिएको छ।
निर्देशक खनाल र निर्मात्री शर्मिला पाण्डेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समीक्षकहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ।’
अहिलेको बिषम परिस्थितिमा पनि हलसम्म पुगेर चलचित्र हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद समेत दिएको छ।
चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा, छोरीको भूमिकामा सुरक्षा पन्तको अभिनय छ। दुवै जनाको अभिनयलाई दर्शकले निकै रूचाएका छन्।
सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टीका पहारीलगायत कलाकारले समेत चलचित्रमा अभिनय गरेका छन्।
" /> काठमाडौं। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’ आजबाट चौंथो हप्तामा प्रवेश गरेको छ। ९ फागुनबाट प्रदर्शनमा आएको यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ।

">