चिकित्सकले ट्याबलेट प्रयोगको अनुमति दिएपछि प्रधानमन्त्रीले गरे ट्वीट

काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले आजदेखि ट्याबलेट प्रयोग गर्ने अनुमति दिएका छन्।

प्रधानमन्त्री ओलीलाई संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले आठ दिनसम्म कसैलाई भेट्न दिएका थिएनन्। आठौं दिनमा उनलाई मिर्गौला दिएकी भान्जी समिक्षा संग्रौलाले भेटेकी थिइन् भने नवौं दिनमा पत्नी राधिका शाक्यले भेटेकी थिइन्।

आजदेखि भने प्रधानमन्त्रीले ट्याबलेट प्रयोग गर्न थालेको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए। रिमालले ट्वीटरमा लेखेका छन्, ‘चिकित्सकहरुले प्रधानमन्त्रीज्यूलाई ट्याबलेट प्रयोगको अनुमति दिनुभयो।’

ट्याबलेट प्रयोग गर्नसाथै प्रधानमन्त्री ओली ट्वीटरमा सक्रिय भएका छन्। उनले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरेर कोरोना भाइरस संक्रमणविरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रबीच सहकार्यका लागि नेपाल सरकार तयार रहेको उल्लेख गरेका छन्।

आजै मात्र भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरसविरुद्धको लडाईंमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का सदस्य राष्ट्रहरुबीच सहकार्यका लागि अपिल गरेका थिए।

पढ्नुहाेस्

प्रधानमन्त्री ओलीले मोदीलाई भने-‘कोभिड–१९ सँग लड्न सार्कस्तरीय सहकार्यका लागि तयार छौं’

भारतका प्रधानमन्त्री मोदीद्वारा कोभिड–१९ विरुद्ध रणनीति बनाउन सार्कका नेताहरूलाई अपिल

प्रतिक्रिया दिनुहोस्