चितवनमा जग्गा बैना गर्न बाेलाएर लुटियाे ९ लाख
<p>चितवन। चितवन खैरहनी नगरपालिकामा आज दुईजनाको ९ लाख रूपैयाँ लुटिएको छ।</p>
<p>गुल्मीको सत्यवर्ती गाउँपालिका-६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन्। उनीहरूलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन्।</p>
<p>राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट २०० मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ।</p>
<p>राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ। उनको खोजी कार्य भइरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
