कोभिड-१९ को असरः मार्टिन चौतारीको कार्यक्रम स्थगित <p>काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मार्टिन चौतारीले आफ्ना कार्यक्रमहरू स्थगित गरेको छ।</p> <p>एक सूचना जारी गर्दै मार्टिन चौतारीले १ चैत २०७६ पछि हुने भनिएका सबै नियमित छलफल कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।</p> <p>साथै स्थगित गरिएका कार्यक्रमहरू सह-आयोजकसँगको आपसी सहमतिमा सम्भव भएसम्म निकट भविष्यमा गरिने मार्टिन चौतारीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्