भारतका प्रधानमन्त्री मोदीद्वारा कोभिड–१९ विरुद्ध रणनीति बनाउन सार्कका नेताहरूलाई अपिल

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् दक्षिण एशियाली नेताहरूसमक्ष कोरोना भाइरसविरुद्ध बलियो रण्नीतिको रूपरेखा तयार पार्न प्रस्ताव राखेका हुन्।

केहीबेर अघि ट्वीट गर्दै प्रधानमन्त्री मोदीले आफूहरूले भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्ने र नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन सकिने उल्लेख गरेका छन्।

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नेताहरूबीचको यस्तो साझेदारीले विश्वका लागि उदाहरण र योगदान पेश गर्न सक्ने उनले बताएका छन्।

प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्– ‘अहिले विश्व नै नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड-१९ रोग सँग लडिरहेको छ। विभिन्न तहमा नागरिक र तिनका सरकारले यो लडाइँमा आ-आफ्नो क्षेत्रबाट सकेजतिको प्रयास गर्दै छन्। विश्व जनसंख्याको एक उल्लेख्य हिस्सा बसोबास गर्ने दक्षिण एशियामा पनि आफ्ना नागरिकलाई स्वस्थ राख्न हामीले कुनै कसर बाँकी छाड्न हुँदैन।’

प्रतिक्रिया दिनुहोस्