लागुऔषध र नगदसहित दुईजना पक्राउ <p>काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँबाट लागुऔषध र करीब दुई लाख नगदसहित दुईजना पक्राउ परेका छन्। &nbsp;</p> <p>पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका- ८ बेसीगाउँ डेरा गरी बस्ने रवी भन्ने राजिव तामाङ र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ का २१ वर्षीय सरोज राई छन्।</p> <p>उनीहरूको साथबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याव्लेट र नगद एक लाख ९४ हजार ५०० रूपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्