कटुवा पेस्तोल र गोलीसहित तीनजना भारतीय पक्राउ <p>काठमाडौं। प्रहरीले मोरङको सुनवर्षी नगरपालिका- ८ हर्चनगढीबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरूमा अजयकुमार मण्डल, आनन्दकुमार मण्डल र राकेशकुमार साह छन्।</p> <p>प्रहरी चौकी सिक्टीको गस्ती टोलीले सुनवर्षी नगरपालिका-८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा गएराति उनीहरूलाई फेला पारेको हो। &nbsp;</p> <p>प्रहरीले उनीहरूको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकल समेत बरामद गरिएको बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्