दाङ। दाङमा बैंकिङ अपराधका घटना बढ्दै गएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छ। “विगतमा बैंकिङ कसूरका घटना धेरै थिएनन्”, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भने, “तर पछिल्ला वर्षमा बढ्दै जान थालेका छन्।”
गौतमका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म आठ वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता भएका बैंकिङ अपराधका घटनामध्ये करीब ९० प्रतिशत व्यक्ति पक्राउ परिसकेको उनको भनाइ छ। केही व्यक्ति भने फरार रहेको उनले बताए। रासस