खैरो हेरोइनसहित चारजना पक्राउ
कैलाली। कैलालीमा लागु औषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-२ का लक्ष्मण गिरी, जिवराज थापा, जनक भण्डारी र वडा नम्बर ४ का दीपक रोकामगर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए।
इलाका प्रहरी कार्यालय लम्कीको टोलीले लम्कीचुहा नगरपालिका-२ बाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले चारै जनामाथि अनुसन्धान भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्