मोटरसाइकल दुर्घटनामा कंचनपुरमा चालक र पैदलयात्रीको मृत्यु <p>कैलाली। कंचनपुरमा मोटरसाइकल दुर्घटना हुँदा गएराति दुईजनाको मृत्यु भएको छ।</p> <p>भीमदत्त नगरपालिका-२ भाँसी-ब्रह्मदेव लिंक रोडमा म. १ प ९५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्री भीमदत्त नगरपालिका-७ का सुरज धामीलाई ठक्कर दिँदा धामीको मृत्यु भएको हो।</p> <p>दुर्घटनाको क्रममा घाइते मोटरसाइकल चालक दिनेश चन्दको उपचारको क्रममा मृत्यु भएको कंचनपुर प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्णानन्द भट्टले जानकारी दिए।</p> <p>मोटरसाइकलमा पछाडि सवार अर्का घाइते टिकापुरका नवीन सिंहको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्