स्याङ्जामा आगलागी, दुई घर र चार वटा गोठ जले
काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाँउपालिका-५ बाँसटारीमा आगलागी हुँदा दुई घर र चार वटा गोठ जलेको छ।

स्थानीय नेत्रप्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोबाट सन्तोष पाण्डेको दुई वटा घर जलेको वडा अध्यक्ष लोकेदार थापाले देखापढीलाई बताए।

उनका अनुसार आगलागीबाट चोलाकान्त न्यौपाने, ताराप्रसाद न्यौपाने र सन्तोष पाण्डेको गोठमा क्षति पुगेको छ। आगलागी २९ फागुन साँझमा भएको हो।

नेत्रप्रसाद न्यौपानेको गोठमा कुडो पकाउन बालिएको आगो सल्किएको आशंका गरिएको छ। उनका दुईवटा भैँसी मरेका छन्।

"करीब ५० लाख क्षति भएको पाइयो। गाउँले, नेपाली सेनाको सहयोगमा आगो निभायौँ", वडाध्यक्ष थापाले भने।

प्रतिक्रिया दिनुहोस्