दिल्लीका शिक्षण संस्थासँगै फिल्म पनि हल बन्द
काठमाडौं। कोरोना भाइरसको संक्रमण बढेपछि नयाँ दिल्लीमा सम्पूर्ण शिक्षण संस्था, सपिङ मलसँगै सिनेमा हल बन्द गरिएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २१ मार्च सम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरेका हुन्।

परीक्षा सञ्चालन भइरहेका विद्यालयमा समेत परीक्षा रोकिएको छ। दिल्ली सरकारको उक्त निर्णयसँगै हालै प्रदर्शनमा आएका चलचित्रलाई धक्का लागेको छ।

हालसम्म भारतमा ७३ जनामा यसको संक्रमण देखिएको छ।

दिल्लीसँगै हरियणामा पनि महामारी घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हरियाणामा अहिलेसम्म १४ जनामा संक्रमण देखिएको एएनआइले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्