काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले आज विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै आहा–रारा गोल्डकपको फाइनलमा स्थान बनाएको छ।
मनाङले आहा राराको फाइनलमा स्थान बनाएको यो ११औं पटक हो। मनाङले अब उपाधिका लागि १ चैतमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल पुलिस क्लबले हिजो २८ फागुनमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। पुलिस क्लबले फाइनल खेल्न लागेको यो दशौं पटक हो।
“त्रिभुवन आर्मी नेपालको बलियो टीममध्येको एक हो। तर, त्रिभुवन आर्मीलाई कसरी हराउनु पर्छ भन्ने हामीलाई थाहा थियो,” मनाङका प्रशिक्षक फुजा तोपेले भने, “हामी जित्छौं भन्नेमा म विश्वस्त थिएँ। उनीहरू राम्रो टीम हो र गोल गर्न सक्छन्। तर, त्रिभुवन आर्मीले एक गोल गरे हामी दुई गोल गछौं भन्नेमा विश्वस्त थियौं।”
पोखरा रंगशालामा मनाङले चौथो मिनेटमै अग्रता लिएको थियो। सुशिल रानाको कर्नरलाई त्रिभुवनका रक्षकले राम्रो क्लियर गर्न सकेका थिएनन्। त्यसमा अञ्जन विष्टले दायाँ भागबाट गरेको क्रसलाई कोएरा लार्बा फ्लोरेष्टले गोल गरेका थिए। पेनाल्टी क्षेत्रबाट फ्लोरेष्टले दायाँ खुट्टाले हानेको सशक्त प्रहार विवश चौधरीले रोक्न सकेनन्।
२०औं मिनेटमा विमल रानाले मनाङको अग्रता दोब्बर बनाए। विमलले अञ्जनको क्रसमा गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा त्रिभुवन आर्मीका कप्तान भरत खवासले गोल गर्दै अग्रता घटाएका थिए। नवयुग श्रेष्ठले हेडमार्फत् दिएको पासलाई भरतले पनि हेडमार्फत् नै गोल गरेका थिए।
दोस्रो हाफमा त्रिभुवन आर्मीले सुधारिएको प्रदर्शन गर्यो। आक्रमक बनेको त्रिभुवन आर्मीले ८१औं मिनेटमा काउन्टर अट्याकमा गोल खायो। अञ्जनले अर्को गोल थपेपछि मनाङको जित पक्का जस्तै भएको थियो। अञ्जनले विमलको पासलाई नियन्त्रणमा राख्दै विपक्षी गोलकिपर सोजित गुरुङलाई कटाएर गोल गरेका थिए।
८३औं मिनेटमा दीपकुमार लामाले गोल गरे पनि त्रिभुवन आर्मीले हार टार्न सकेन। टंक बस्नेतको पासमा दीपकुमारले हानेको सशक्त प्रहार गोलमा परिणत भएको थियो।
त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले कमजोर रक्षापंक्तिका कारण हार्नु परेको बताए।
“कमजोर रक्षापंक्तिका कारण शुरूमै गोल खायौं। जसका कारण खेलाडी दबाबमा खेले,” न्यौपानेले भने, “मिडफिल्ड पनि डिपमा खेल्यो। मिस पास धेरै भए। सन्तोष तामाङ डिपमा बस्दा अवसर सिर्जना गर्न सकेनौं। मनाङले पाएको अवसर सदुपयोग गर्यो। दोस्रो हाफमा हामीले गोलका धेरै अवसर पाएका थियौं। तर, त्यसलाई सदुपयोग गर्न सकेनौं। यस्तो खेलमा अवसर कम हुन्छ। त्यसैले यस्तो खेलमा सदुपयोग गर्न नसक्दा गाह्रो हुन्छ।”
शहीद स्मारक ‘ए’ डिभिजन लिगपछि त्रिभुवन आर्मी र मनाङ आमने सामने भएको यो पहिलो पटक हो। लिगमा पनि मनाङले त्रिभुवन आर्मीलाई १–० ले पराजित गरेको थियो।
" /> काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले आज विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै आहा–रारा गोल्डकपको फाइनलमा स्थान बनाएको छ।मनाङले आहा राराको फाइनलमा स्थान बनाएको यो ११औं पटक हो। मनाङले अब उपाधिका लागि १ चैतमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

">