दशैं भोजमा अचार खाँदा ३१ जना बिरामी
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन्।

स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा परिवार सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् ।

स्थानीयवासी हिमप्रसाद पौडेलले आलु र काँक्राको अचार खाएलगत्तै बिरामी परेको बताए।

बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ।

बिरामीहरुको २२ असोज दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ।

बिरामीमध्ये केही उपचारपछि घर फर्किएका छन्।

माया नर्सिङ होमका डाक्टर कृष्णदेव गिरीले बिरामीहरुलाई ‘फुड प्वाइजन’ भएको बताएका छन्। “अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ,” डा. गिरीले भने। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्