काठमाडौं। रियल मड्रिडका खेलाडीले कोरोना भाइरस संक्रमणको डरले आफूलाई क्वारेन्टाइनमा राखेपछि स्पेनिस ला लिगाले अर्को दुई चरणका खेलहरू स्थगित गरेको छ।
मड्रिडका बास्केटबल खेलाडीमा कोरोना भाइरस परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएको थियो। उनले क्लबमा ट्रेनिङ पनि दिन्थे। रियल मड्रिडले आउँदो ४ चैतमा च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै थियो।
“बास्केटबल र फुटबलको पहिलो टीमलाई क्वारेन्टाइनमा राखिएको छ। दुबै टीमलाई रियल मड्रिडको सिउडेडमा सुविधा आदानप्रदान गर्थे,” रियल मड्रिडको विज्ञप्तिमा भनिएको छ। स्पेनको दोस्रो श्रेणीको लिग पनि स्थगित गरिएको छ।
रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा छ। रियलले आउँदो १ चैत राति आइबरसँग प्रतिस्पर्धा गर्दै थियो। उक्त खेल पनि स्थगित भएको छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि विश्वभरका खेल तालिका प्रभावित भएका छन्। इटालीमा सिरी ‘ए’ सहित सबै खेलकुद गतिविधि ३ अप्रिलसम्मका लागि स्थगित गरिएको छ।
युभेन्टस तथा इटालीका सेन्टर ब्याक ड्यानियल रुगानीमा कोरोना भाइरस सकरात्मक देखिएपछि पुरै टीमलाई दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ।
आजका लागि तय भएको युरोपा लिगमा अन्तिम–१६ पहिलो लेगका सबै खेल तालिका स्थगन गरिएको छ।
त्यस्तै, बास्केटबलमा एनबीए पनि स्थगित गरिएको छ।
म्याकलरेनको टीममा एक जनालाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले अष्ट्रेलियन ग्राण्ड प्रिक्सबाट नाम फिर्ता लिएका छन्। यससँगै अष्ट्रेलियन ग्राण्ड पिक्स हुनेमा शंका छ।
" /> काठमाडौं। रियल मड्रिडका खेलाडीले कोरोना भाइरस संक्रमणको डरले आफूलाई क्वारेन्टाइनमा राखेपछि स्पेनिस ला लिगाले अर्को दुई चरणका खेलहरू स्थगित गरेको छ।मड्रिडका बास्केटबल खेलाडीमा कोरोना भाइरस परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएको थियो। उनले क्लबमा ट्रेनिङ पनि दिन्थे। रियल मड्रिडले आउँदो ४ चैतमा च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै थियो।

">