कांग्रेसको अवरोधपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित

पोखरा। गण्डकी प्रदेश सभाको आजको बैठक स्थगन भएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरू गर्नासाथ कांग्रेसका प्रदेश सभा सदस्य आ–आफ्नो स्थानबाट उठेका थिए।

सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने औंल्याए।

अर्को बैठक ३० फागुन बिहान ११ बजे बस्नेछ। रासस