पूर्वमन्त्री सञ्जय साह भ्रष्टचारी ठहर, चार वर्ष जेल

" /> पूर्वमन्त्री सञ्जय साह भ्रष्टचारी ठहर, चार वर्ष जेल

"> सम्पत्ति शुद्धीकरणमा सञ्जय साहलाई पाँच वर्ष कैद: Dekhapadhi
सम्पत्ति शुद्धीकरणमा सञ्जय साहलाई पाँच वर्ष कैद
काठमाडाैं। १५ फागुनमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साहलाई दोषी पाएकोमा आज सम्पत्ति शुद्धीकरण मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएको हो। साहलाई भ्रष्टाचारमा चार वर्ष कैद सजाय १५ फागुनमै तोकिएको थियो।

न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थाहा र चन्द्रबहादुर सरुको इजलासले साहलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो। १५ फागुनमा भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाइएकोमा सम्पत्ति शुद्धीकरण मुद्दामा हुने सजायका लागि आज पेशी तोकिएको थियो।

अदालतले साहले १९ करोड ४४ लाख ३८ हजार ९८३ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना तिराउन आदेश दिएको थियो। त्यस्तै विशेष अदाललते साहले १४ करोड २५ लाख एक हजार ७१६ रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पाएको थियो। विशेष अदालतले साहलाई विगाेकाे दाेब्बर रकम जरिवाना हुने फैसला गरेकाे छ।

सम्पत्ति शुद्धीकरणमा दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ।

फौजदारी कार्यविधि संहितामा तीन वर्ष भन्दा बढी सजाय हुनसक्ने कसूरमा सजाय निर्धारणका लागि एक महिनाभित्र छुट्टै सुनुवाई गर्नुपर्ने व्यवस्था छ। त्यसैअनुसार सम्पत्ति शुद्धीकरणमा समेत दोषि पाइएका साहलाई उक्त कसूरमा हुने सजय निर्धारण गर्न आज सनुवाइ भएको हो।

साहविरुद्ध २५ पुस २०७३ मा अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीविरुद्ध ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले अभियोग पत्र दायर गरेको थियो। अख्तियारले आठजनालाई प्रतिवादी बनाएको थियो।

त्यस्तै १६ चैत २०७४ मा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३२ करोड चार लाख ५० हजार तीन सय चार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। विभागले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगिलाकुमारी साह, रामकुमार साहसहित १२ जनालाई प्रतिवादी बनाएको थियो। उनीहरूमध्ये रामकुमार साहलाई एक वर्ष ८ महीना कैद तथा बाँकीलाई दुई वर्ष ६ महीना कैद सजाय हुने विशेष अदालतकाे फैसला छ।

जनकपुर बमकाण्डमासमेत मुछिएका साह कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा थुनामा छन्। पाँचजनाको मृत्यु हुने गरी गराइएको बम विस्फोटको योजनाकारका रूपमा जन्मकैदको फैसला भएको हो। सभासद् नै रहेका वेला २० वैशाख २०७१ मा उनी पक्राउ परेका थिए। १८ वैशाख २०६९ मा जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो।

पढ्नुहोस्
पूर्वमन्त्री सञ्जय साह भ्रष्टचारी ठहर, चार वर्ष जेल

प्रतिक्रिया दिनुहोस्