बसको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु
नेपालगंज। बाँकेको नेपालगंज-कोहलपुर सडकखण्डमा बसको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ।

भे. १ ख २१२९ नम्बरको बस र अटो रिक्सा आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

मृतकको नाम र ठेगाना खुलिनसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

दुर्घटनामा घाइते दुईजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्