शान्ति मिसनमा लेबनान खटिएका एक नेपाली सैनिकको दुर्घटनामा मृत्यु

काठमाडौं। संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा लेबनानमा रहेका एक नेपाली सैनिकको दुर्घटनामा परेर मृत्यु भएको छ।

धादिङको मूलपानी घर भएका अमलदार नरबहादुर मगरको हिजो, २८ फागुनमा दुर्घटनामा मृत्यु भएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले ड्राइभर रहेका मगर चार महीनाअघि एक वर्षका लागि लेबनान गएको जानकारी दिए।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यांकर ब्याक गर्ने क्रममा नरबहादुरलाई ठक्कर दिएको थियो।

मृतक मगरको परिवारलाई खबर गर्ने र शव नेपाल ल्याउन आवश्‍यक प्रक्रिया थालिएको पाण्डेले देखापढीलाई बताए।

प्रतिक्रिया दिनुहोस्