बाजुराको बूढीगंगा नगरपालिकामा आगलागी
<p>मार्तडी। आगलागीबाट बाजुराको बूढीगगंगा नगरपालिका भवनमा क्षति पुगेको छ।</p>
<p>आज बिहान विद्युत सर्ट भएर भएको आगलागीबाट नगरपालिकाको विभिन्‍न शाखाका कागजात र कम्प्युटर जलेर नष्ट भएका छन् ।</p>
<p>आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात कम्प्युटरलगायतका सामान जलेको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए।</p>
<p>आगलागीको क्षतिबारे एकिन विवरण संकलन भइरहेको बाजुराका प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
