दाङका ८३ वन डढेलोको उच्च जोखिममा, 'शून्य डढेलो अभियान' शुरू

दाङ। डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ ।

गर्मी याम शुरू भएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलो नियन्त्रणका लागि सो अभियान संचालन गरिएको हो।

अभियानको शुरुआती चरणमा कमिरेचौर, सुनपुर, घोराही, नाराणपुर, बिजौरी, तुलसीपुर, बिजौरी, दङ्गीशरण, पुरन्धारा र हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्सांकन गरिसकिएको छ।

दाङका ८३ वटा वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए।

त्यस्तै मध्यम ४६ र ४४ वटा वन सामान्य जोखिममा छन्।

डिभिजन वन प्रमुख दीपक ज्ञवालीका अनुसार बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र डढेलोको बढी जोखिममा छन्।

धुम्रपान गरेर जथाभावी ठूटा फ्याँक्नु यहाँ डढेलोको प्रमुख कारक रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्