काठमाडौं। वरिपरि अवधी शैलीका गंगा र जमुना नदी छन्। बीचमा तराजु। तराजुको दुईपट्टि महिला छन्। एकको हातमा किताब छ भने अर्काेको हात बहुमूल्य गरगहनाका पोकाले भरिएका छन्। तर, किताब बोकेकी महिला ज्यादा भारी छन्।

मधु अधिकारीले बनाएको यो चित्र भन्छ- ‘धन भन्दा विद्या ठूलो हो।’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी अवधी कला प्रदर्शनीमा मधुको पनि चित्र समावेश छ। चित्रमा उनले महिलालाई शिक्षा दियो भने सुन चाँदीलगायतका धन दिनुपर्दैन भन्ने सन्देश दिन खोजेकी छन्।

भन्छिन्, “अझै पनि परिवारले छोरीलाई पढाउनु भन्दा दाइजो दिन सम्पत्ति जोगाउँछन्। छोरीलाई धन दियो भने सकिन्छ, खेर जान सक्छ। तर, शिक्षा दियो भने उसले पुरै परिवारलाई शिक्षित बनाउन सक्छ।”

‘सृजना कलेज अफ फाइनआर्ट’मा कक्षा ११ की विद्यार्थी मधुको घर पोखरा हो। तर, उनको चित्रमा पौराणिक अवधी लोकचित्रकला प्रतिविम्बित छन्। उनको चित्रले गंगा र यमुना नदीको सम्बन्ध दर्शाउँछ।

‘अवधी कला बारे कसरी थाहा भयो ?’ जवाफमा उनले भनिन्, “मलाई अवधी कला पनि छ भनेर थाहा थिएन। रागिनी म्यामले अवधी कला बनाऊ भनेपछि गुगल सर्च गरेँ। तर, त्यहाँ राम्रो सूचना पाइनँ। किताब पल्टाएँ। अनि जति बुझेँ, त्यो आधारमा चित्र बनाएकी हुँ।”

यही प्रदर्शनीको लागि चित्रकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्यायले मधुलगायत अन्य विद्यार्थी कलाकारलाई अवधी कलामा नयाँ सोंचसहित चित्र बनाउन लगाएकी थिइन्।

“नेपालभित्रका कुनै पनि चित्रकला एक समुदायको मात्र नभई सबै नेपालीको हो। एक समुदायका मानिसले अर्को समुदायको चित्रकला बुझ्न कोशिस गरेमात्रै हरेक कलाको विकास र संरक्षण हुन्छ। त्यसैले मैले अवधी कलातिर उत्प्रेरित गरेकी हुँ”, रागिनी भन्छिन्।

प्रदर्शनीमा मधुको मात्र नभई अन्य थुप्रै अनुभवी कलाकार र विद्यार्थी कलाकारको चित्र समावेश छन्। रागिनीले पनि आफ्नो चित्रमा महिला शिक्षालाई उज्यालोसँग समिश्रण गरेर चित्र कोरेकी छन्।

चित्रकार एरिना ताम्राकारले पनि महिला शिक्षालाई नै आफ्नो विषय बनाएकी छन्। उनले पनि आफ्नो चित्रमा अवधी कला जोडेकी छन्। त्यस्तै रामदयाल ठाकुर, डा.कुमुद सिंह, सीतादेवी कर्ण, रामपुजन ठाकुर, मन गोल्डी, शैलेश गुरुङ, हिरा कर्ण लगायतको चित्रकला पनि छन्।

अवधी कला अनुुसन्धाता विक्रममणि त्रिपाठीका अनुसार परम्परागत रूपमा गाउँगाउँमा बन्ने गरेका चित्रहरू क्यानभासमा उतारेर गरिएको यो प्रदर्शनी नेपालकै पहिलो अवधी चित्रकला प्रदर्शनी हो।

उनका अनुसार अवधी लोकचित्रकलाको विकासक्रमलाई हेर्दा यहाँको लोककला आर्यहरू आउनुपूर्वको स्थिति तथा आर्यहरू यस क्षेत्रमा आएपछि आएको परिवर्तन गरी दुई भागमा बाँडेर अध्ययन गर्ने गरिन्छ।

अवधी कलाका प्राचीन उदाहरण कपिलवस्तुमा पाइन्छन्। गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नी कान्छी आमा गोतामी तथा परिवारका अन्य सदस्यसित भेट गरेको स्थान, कपिलवस्तुको कुदानमा रहेको निग्रोधारामका रूपमा परिचित पुरातात्विक स्थल भवनको इँटाहरूमा कुँदिएका छन्।

अवधी भाषाभाषी समाज, आर्य परिवारभित्रको एउटा समाज हो। नेपालको नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर मुख्य रूपले अवधीभाषी क्षेत्रअन्तर्गत पर्दछन्।

“ऐतिहासिक रूपले हेर्दा ऋग्वैदिक आर्यहरूको भूगोल दिल्लीको नजिक यमुना नदीको आसपासमा भएर समाप्त हुन्छ। त्यसको तीन/चार सय वर्षपछि उपनिषद् तथा महाकाव्यकाल (आठौँ शताव्दी इसापूर्व) मा आएर आर्यहरूको फैलावट कोसलभन्दा धेरै पूर्व विदेह (तिरहुत) सम्म भएको पाइन्छ,” विक्रम मणि भन्छन्, “अवध राज्यलाई पूर्वकालमा महाभारत, जातक कथा, रामायण, जैनग्रन्थ उत्तराध्ययनसूत्र र भासका स्वप्नवासभदत्ता नाटकका आधारमा उत्तरापाञ्चाल (गंगाको उत्तरी भाग) अन्तर्गत राख्न सकिन्छ। यो समाज बहुजातीय तथा एकभाषी सांस्कृतिक समाज हो।”

यही सेरोफेरोमा रहेर अवधी चित्रकलाको विकास भएको पाइन्छ। यी लोककलाहरू एकबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै आएको छ। यो लोक कलामा विभिन्न भित्तेचित्र, भूमिचित्र, ठप्पा चित्र, पाणचित्रण, गोदना र मेहदी लगायतको चित्र बनाइन्छ।

भित्तेचित्र भनेको विभिन्न व्रत, पर्व तथा संस्कारहरूमा भित्तामा बनाइने चित्र हो। भूमि चित्र विभिन्न उत्सव र संस्कारमा भूईंमा पहेँलो, कमेरो, सेतो वा गेरु भिजाएर बनाएको घोल पोतेर चामलको पिठोको ऐपनले बनाइने चित्र हो।

ठप्पा चित्र चाहिँ बुहारी, बिदा हुँदै गरेकी कन्या, जन्मेको बच्चा, सम्धी–सम्धिनी आदिद्वारा बेसार, घीउ दाहिने हत्केलामा वा भित्ता, कपडामा र मांगलिक घैंटोहरूमा पनि बनाउने चित्र हो।

पाणचित्रण विवाह, पुत्रजन्म तथा केही व्रत तथा पर्वहरूमा माटो, काठ, फलाम, तामा आदिका भाँडामा गोबर, चामलको पिठो र बेसारको प्रयोग गरेर चित्र बनाइन्छ। गोदना भनेको महिला र पुरुषका शरीरमा खोपेर बनाइने एक किसिमको चित्र हो। मेहन्दी भने विवाहमा लगाइन्छ।

" /> काठमाडौं। वरिपरि अवधी शैलीका गंगा र जमुना नदी छन्। बीचमा तराजु। तराजुको दुईपट्टि महिला छन्। एकको हातमा किताब छ भने अर्काेको हात बहुमूल्य गरगहनाका पोकाले भरिएका छन्। तर, किताब बोकेकी महिला ज्यादा भारी छन्।

"> आधुनिक ग्यालरीमा परम्परागत अवधी कला : Dekhapadhi
आधुनिक ग्यालरीमा परम्परागत अवधी कला

प्रतिक्रिया दिनुहोस्