कञ्चनपुरमा बाबुले गरे आफ्नै छोराको हत्या

कञ्चनपुर। भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

४० वर्षीय डम्बर चन्दले १६ वर्षीय छोरा शुभनको हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

आज साँझ सात बजेतिर कैची र फरुवा प्रहार गरी छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रबिन्द्र पौडेलले देखापढीलाई बताए।

डम्बरले मादक पदार्थ प्रयोग गरेर छोरामाथि आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते सुभनको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु गएको डीएसपी पौडेलले बताए।

छोरामाथि आक्रमण गरेर छिमेकीको घरमा लुकिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर थप प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। उनी प्रायः मादक पदार्थ प्रयोग गर्ने गरेका थिए।

स्थानीयका अनुसार मादक पदार्थ प्रयोगर गरेर श्रीमतीमाथि कुटपिट गर्ने, गाउँघरमा हो–होल्ला गर्ने गरेको भन्दै डम्बरविरुद्ध पटक–पटक प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्