कांग्रेस नेता एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन
पाँचथर। पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन भएको छ।

काठमाडौंको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा आज दिउँसो उनको निधन भएको हो।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए। १२ असोज २००० मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए।

उनले नेपाली कांग्रेस पाँचथरको दुईपटक सभापति भएका थिए। विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्र्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

यस्तै उनी कांग्रेसको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भएका थिए। शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्च थिए।

दुई श्रीमतीमध्ये शेर्मा कान्छी जनिमायाँ मगरको साथमा काठमाडौंमा बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन्।  रासस

प्रतिक्रिया दिनुहोस्