गाेरखा। सर्वसाधारणलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गर्दै गोरखामा आज दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ।
सदरमुकाममा कार्यक्रमको आयोजना गरी मास्क वितरण गरेकाे मनकामना यातायात प्रालिका सचिव सुमन श्रेष्ठले जानकारी दिए।
“सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सार्वजनिक सवारीसाधनका चालक, सहचालक तथा सर्वसाधारण नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन सकिने विधिका बारेमा जानकारी दिँदै जनचेतनामूलक पर्चा पनि हातहातमा प्रदान गरिएको हो”, उनले भने, “यसबाट सबै नागरिकलाई पहिले आफैँ सचेत हुनुपर्छ भन्ने सन्देश दिन्छ भन्ने हामीलाई लागेको छ।”
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यस्ता खालका भाइरस सर्न सक्ने खतरा बढी हुने भएकाले यात्रु, चालक र सहचालकले विशेष सुरक्षाका उपाय अपनाउनुपर्ने भन्दै यातायातका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अभियानको शुरुआत गरिएको उनले बताए। रासस
" /> गाेरखा। सर्वसाधारणलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गर्दै गोरखामा आज दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ।सदरमुकाममा कार्यक्रमको आयोजना गरी मास्क वितरण गरेकाे मनकामना यातायात प्रालिका सचिव सुमन श्रेष्ठले जानकारी दिए।

">