बैंकिङ कसूरमा एकजना पक्राउ
<p>दाङ। बैंकिङ कसूरमा दाङ घोराही-१५ स्थित एलएल अटो प्रालिका सञ्चालक भोजराज गुरागाईं पक्राउ परेका छन्।</p>
<p>काठमाडौं महानगरपालिका-१५, स्वयम्भूस्थित मअ वृद्धि कमर्सियल भेहिकल्स प्रालिलाई दिएको तीन लाख २० हजार रूपैयाँको चेक बाउन्स भएपछि गुरागाईंलाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p>मोरङ मृगौलिया–२ घर भएका गुरागाईंलाई सुनसरीबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय इटहरीको टोलीले गुरागाईंलाई २५ फागुनमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको हो।</p>
<p>दाङ प्रहरीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
