लोक दोहोरी प्रतिष्ठानले पहिलोपटक ‘लोक दोहोरी दिवस’ मनाउँदै
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिनलाई अब ‘लोक दोहोरी दिवस’का रूपमा मनाउने भएको छ।

आज काठमाडौंमा बसेको बैठकले २९ फागुनलाई लोकदोहोरी दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

प्रतिष्ठानको स्थापना २९ फागुन २०५८ सालमा भएको थियो। आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ‘लोकदोहोरी दिवस’ मनाउन लागेको हो। प्रतिष्ठानले भोलि आफ्नो १९ औं स्थापना दिवस मनाउन लागेको प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले देखापढीलाई जानकारी दिए।

हरेक वर्ष मनाउदै आएको स्थापना दिवसलाई यसवर्षदेखि भने लोकदोहोरी दिवसका रूपमा मनाउने अध्यक्ष बीजीले बताए। भोलि बिहान ७ बजे केन्द्रीय कार्यालयको सरसफाइ, अन्तरक्रियालगायतका कार्यक्रम गरिएको छ। स्थापना दिवस भव्यरूपमा मनाउने यसअघिको योजना कोरोना भाइरसको त्रासका कारण स्थगित गरेर सामान्य रूपमा मनाइन लागेको हो।

प्रतिष्ठानले आफू मातहतका सम्पूर्ण प्रदेश समिति, उपत्यका समन्वय समिति, जिल्ला शाखा, विदेश शाखा, संस्थापक पूर्वपदाधिकारी एवम् सम्पूर्ण सदस्यलगायत लोक दोहोरीप्रेमिलाई लोकदोहोरी दिवस सिर्जनात्मक रूपमा मनाउन आग्रह गरेको छ।

शाखाहरूलाई पनि सामान्य तरिकाले मनाउन र कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम गर्न निर्देशन दिइएको बिजीले बताए।

प्रतिक्रिया दिनुहोस्