काठमाडौं। अमेरिकामा बस्दै आएका नेपालीहरूले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका लागि सहयोग गरेका छन्।
विभिन्न रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको एक लाख २६ हजार ९८५ रूपैयाँ आज बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको छ।
माडी गाउँपालिका-६ रोल्पा (साविक कोर्चावाङ) का ४७ वर्षीय कर्णबहादुर बाँठामगर विगत पाँच महीनादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला, पत्थरी, जण्डिस रोगको उपचार गराइरहेका छन् ।
पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले बताए। साथै, कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन्।
अमेरिकामा बस्दै आएका नेपालीहरू भुवन आले, मानबहादुर र बिरपति बाँठामगर, जीवराज बुढा, याशिका बाठामगर, मणी थापा, लक्ष्मी पुन, गंगा सिंजाली, रबिन थापा मगर, सबिता थापा, रिम थापा, सरु गाहा र यम थापाले सहयोग गरेका थिए।
त्यस्तै, रबिन मगर, करन थापा, सुमन पाठक, खेम निरौला, प्रविन कवर, दिपक थापा, देवि थापा, कमल मगर, लिला लामीछाने, यज्ञ राना, कमला थापा, दीपक कार्की, तेजेन्द्र थापा, नारायण केसी, निग्मा शेर्पा, नगेन्द्र लिम्बु, दिपक छेत्री र जानकी थापाले समेत सहयोग गरेका हुन्।
संकलित रकम आज पत्रकार देविका घर्ती मगरमार्फत् बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो।
" /> काठमाडौं। अमेरिकामा बस्दै आएका नेपालीहरूले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका लागि सहयोग गरेका छन्।विभिन्न रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको एक लाख २६ हजार ९८५ रूपैयाँ आज बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको छ।

">