काठमाडौं। गएको २४ फागुन साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण गर्ने सहमति भयो।
पार्टी एकताका लागि कार्यकर्ताको दबाब बढेपछि पटकपटक फुट्ने र जुट्ने गरिरहेका दुवै पार्टीका तीन नेता कमल थापा, पशुपतिशम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पुनः पार्टी एकीकरण गर्ने निर्णयमा पुगे।
२४ फागुनमै उनीहरुले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे। र, २८ फागुनमा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणासभा गरे।
राप्रपा अध्यक्ष थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय जबरा र लोहनीले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पणपछि एकतासम्बन्धी सम्झौता–पत्र आदानप्रदान गरेर पार्टी एकीकरणको औपचारिक घोषणा गरे।
एकीकरणपछि नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ। र राप्रपामा अब तीनजना अध्यक्ष रहने छन्।
राप्रपाको झण्डालाई नै नयाँ दलको झण्डा मान्ने र डेढ वर्षभित्र महाधिवेशन गर्ने सहमति भएको छ। चुनाव चिह्न भने पछि तय गरिनेछ। राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने समझदारी पनि एकीकरणका क्रममा भएको छ।
एकीकरण घोषणासभामा नेताहरुले गीता छोएर वाचा गरे- ‘अब हामी कहिले फुट्ने छैनौं।’
कमल थापाले भने- ‘अब पार्टी फुटाउँदिन’
.jpg)
राप्रपाका अध्यक्ष कमल थापाले भागवत गीतामा हात राखेर कहिल्यै नफुट्ने कसम खाए। सम्बोधनको अन्तिममा थापाले अब कहिल्यै पार्टी नफुट्ने र आफूले नफुटाउने कसम खाएका हुन्। यसअघि पटक–पटक छिन्नभिन्न भएको राप्रपा एकठाउँमा आएको बताउँदै उनले एकतालाई ऐतिहासिक उपलब्धीको संज्ञा दिए। “यो तीन नेताको मिलन समारोह मात्रै होइन, यो नेपाललाई नयाँ युगमा लैजान गरिएको ऐतिहासिक एकता हो”, थापाले भने। एकता सम्झौता गर्दा सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्रलाई आत्मसाथ गरेर एकता भएको थापाले उल्लेख गरे। “अब कहिले नफुट्ने र नअलगिने सकल्पकासाथ एक भएका छौँ”, उनले भने।
थापाले अघिल्लो चुनावमा व्यहोरेको नमीठो हारले पार्टी एकताको अवस्थामा र्पुयाएको समेत स्वीकार गरेका छन्। उनले अजेण्डा राम्रो हुँदा पनि राष्ट्रिय पार्टी बन्न नसकेकोमा दुःख व्यक्त गरे। थापाले अब विगतका कमिकमजोरी सच्याउँदै तेस्रो राजनीतिक, वैचारिक धारका रूपमा अघि बढ्ने उद्घोष समेत गरे। “कांग्रेस र कम्युनिष्ट दुबै पार्टीहरूकै विचारधारा नै अहिले नेपालको राजनीतिमा हावी भैरहेका छन”, थापाले भने, “मुलुकमा नयाँ विचारधाराको आवश्यकता देखेर नै हामी एकताका लागि तयार भएका हौँ।”
नफुट्ने प्रतिज्ञा गरेका छौंः जबरा
.jpg)
राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले अबको विकल्प भनेकै राप्रपा भएको दाबी गर्दै अबको निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने गरी आफूहरू अघि बढ्ने घोषणा गरे। “हिँजो यो पार्टी बनाउन थुप्रै नेताहरूले महत्वपूर्ण भूमिका खेल्नुभयो”, उनले भने, “अब यो पार्टी कहिले फुट्ने छैन। हामीले एक प्रतिज्ञा गरेर अघि बढेका छौं।”
राणाले राप्रपाबीचको एकता चानचुने नभएको समेत बताए। “राष्ट्रवादी शक्तिसामु ठूलो जिम्मेवारी आइलागेको छ, त्यसैले हामीले यो एकताको आवश्यकता महशुस भएर एक भएका हौं”, उनले भने, “मुलुकभरका कार्यकर्ताको दबाब र जनताको मागले नै हामी एक भएका हौं।”
राजसंस्था चाहिन्छः डा. लोहनी
.jpg)
राप्र्रपाकै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताए। एकता घोषणा कार्यक्रममा उनले गणतन्त्रका नाममा अहिले लुटतन्त्र मौलाएको टिप्पणी गर्दै राजसंस्थाको आवश्यकता देखिएको बताएका हुन्। “विश्वमा अहिले पनि राजसंस्था छ, हाम्रो देशमा पनि राजसंस्था आवश्यक छ”, लोहनीले भने, “हामीले यही मूल्यमान्यता लिएर अघि बढ्नुपर्छ।”
“अलग भएपछि हामीले नराम्रो पराजय भोगेको तितो यथार्थ छ। हामी एउटा निचोडमा पुगेका छौं, अब यो पार्टी कहिले फुट्ने छैन”, उनले भने, “हाम्रा पनि मुल्यमान्यता छन्। नेपालको पहिचान हिन्दूराष्ट्र हुनुपर्छ भन्ने मुख्य मान्यता हाम्रो रहेको छ।” लोहनीले पनि गीतामा छोएर अब पार्टी कहिल्यै नफुट्ने कसम खाए।
राप्रपा अब कांग्रेसको विकल्पः चन्द
.jpg)
राप्रपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले एकीकृत राप्रपा नेपाली कांग्रेसको विकल्प भएको बताएका छन्। घोषणा सभामा चन्दले प्रजातान्त्रिक धार बोकेको कांग्रेसले केही गर्न नसकेकाले राप्रपा विकल्प हुने बताएका हुन्। समान विचार भएका अन्य दल र समूहसँग पनि एकता गर्नुपर्ने बताउँदै चन्दले जनताले पनि यही खोजिरहेको बताए।
" /> काठमाडौं। गएको २४ फागुन साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण गर्ने सहमति भयो।पार्टी एकताका लागि कार्यकर्ताको दबाब बढेपछि पटकपटक फुट्ने र जुट्ने गरिरहेका दुवै पार्टीका तीन नेता कमल थापा, पशुपतिशम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पुनः पार्टी एकीकरण गर्ने निर्णयमा पुगे।

">