काठमाडौं। २७ फागुनमा नेपाली चलचित्र क्षेत्रका दुई पुराना अभिनेता राजेश हमाल र निखिल उप्रेतीबीच भेट भयो। साे भेटघाटका तस्वीरहरू सार्वजनिक भए।
त्यही तस्वीरका आधारमा केही अनलाइन मिडियाले ‘आफ्नो चलचित्रमा काम गर्न राजेशलाई निखिलको अफर’ भन्दै समाचार आए। तर, निखिलले भने आफूहरूबीच सामान्य भेटघाट भएको तर, चलचित्रमा काम गर्नेबारे छलफल नभएको बताएका छन्।
“हामीहरूबीच सामान्य कफी भेटघाट भएकाे हो, चलचित्रमा सहकार्य गर्नेबारे कुनै कुरा भएन। तर, मिडियाहरूले एकाएक भाइरल नै बनाइदिए”, उनले भने।
उनका अनुसार भविष्यमा सहकार्य गर्न सकिने भए पनि अहिले नै सहकार्य गर्नेबारे कुनै कुरा भएकाे छैन।
अनलाइन मिडियामा आएका त्यस्ता समाचारले आफू तनावमा आएको उनकाे भनाइ छ।
आफूले नयाँ चलचित्र बनाउन लागेको भन्दै त्यसमा राजेश हमाल हुने वा नहुने भन्नेमा अहिले नै टुंगाे नलागेको निखिलले बताएका छन्।
अहिले आफ्नो नयाँ चलचित्रका प्री-प्रोडक्सनको काम चलिरहेको उनले जानकारी दिए। केही वर्ष भारतको मुम्बई बसेपछि निखिलले आफ्नै निर्देशनमा चलचित्र ‘भैरव’ निर्माण गरेका थिए।
" /> काठमाडौं। २७ फागुनमा नेपाली चलचित्र क्षेत्रका दुई पुराना अभिनेता राजेश हमाल र निखिल उप्रेतीबीच भेट भयो। साे भेटघाटका तस्वीरहरू सार्वजनिक भए।त्यही तस्वीरका आधारमा केही अनलाइन मिडियाले ‘आफ्नो चलचित्रमा काम गर्न राजेशलाई निखिलको अफर’ भन्दै समाचार आए। तर, निखिलले भने आफूहरूबीच सामान्य भेटघाट भएको तर, चलचित्रमा काम गर्नेबारे छलफल नभएको बताएका छन्।

">