ललितपुर। ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाले यहाँभित्र रहेका समूहका महिलालाई मास्क बनाउने तालिम दिइरहेको छ।
कोभिड-१९ को संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले बजारमा मास्कको अभाव भएसँगै ललितपुरका महिलाहरूलाई मास्क बनाउने तालिम दिइएको हो।
महानगरपालिकाभित्र कूल २९ वडा र ३५१ आमा समूह छन्। यी वडाका प्रत्येक समूहका दुई महिलालाई महानगरले २६-२९ फागुनमा तालीम दिइरहेकाे छ।
अघिका दुई दिन ३० महिलाले र आज र भोलि ५८ जनाले तालिम लिने महाशाखा प्रमुख बाबुराजा महर्जनले बताए।
“तालिममा सहभागीले आ-आफ्ना वडामा गएर अन्य महिलालाई पनि तालिम दिई मास्क उत्पादन गर्नुहुने विश्वास छ”, उनले भने। कोभिड-१९ को संक्रमण कम गर्न मास्कले निकै सहयोग गर्ने महर्जनले बताए।
ललितपुरभित्रै मास्क उत्पादन भएपछि यहाँभित्रका महिला आफैं स्वरोजगार भई ललितपुरको पनि आर्थिक अवस्था सुदृढ हुने पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल उद्योग सञ्चालन गरिरहेका शैलेन्द्रलाल प्रधानले बताए।
" /> ललितपुर। ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाले यहाँभित्र रहेका समूहका महिलालाई मास्क बनाउने तालिम दिइरहेको छ।कोभिड-१९ को संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले बजारमा मास्कको अभाव भएसँगै ललितपुरका महिलाहरूलाई मास्क बनाउने तालिम दिइएको हो।

">