काठमाडौं। १५ चैतमा हुने भनिएको १०औं संस्करणको ‘नेफ्टा अवार्ड’ स्थगित भएको छ।
कोरोना भाइरस संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै नेफ्टा अवार्ड वितरण कार्यक्रम स्थगित गरिएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का सचिव दिव्यराज सुवेदीले जानकारी दिए।
टुँडिखेलमा हुने भनिएको नेफ्टा अवार्ड कार्यक्रम बढीमा एक महीनाका लागि स्थगित गरिएको सचिव सुवेदीको भनाइ छ।
चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’ को १०औं संस्करण नेपाल हुन लागेको थियो। यसअघिका चारवटा संस्करण विदेशमा आयोजना गरेको थियो।
विगत दुई वर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन।
गत २१ पुसमा एक कार्यक्रमको आयोजना गर्दै प्राविधिक संघले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले यो संस्करण नेपालमै गर्न लागिएको बताएको थियो।
नेफ्टामा विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ, जसमा ‘पपुलर चलचित्र’, ‘पपुलर नायक’, ‘पपुलर नायिका’, ‘जनजाति फिल्म’ तथा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड यो वर्ष थप भएका थिए।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमण तथा त्रासका कारण चलचित्र क्षेत्र पनि प्रभावित बन्दै आएको छ। संघले चलचित्रको छायांकनको काम तत्काल स्थगित गरेर सचेतना फैलाउनतिर लाग्न सबै चलचित्रकर्मीलाई आग्रह गरेको छ।
" /> काठमाडौं। १५ चैतमा हुने भनिएको १०औं संस्करणको ‘नेफ्टा अवार्ड’ स्थगित भएको छ।कोरोना भाइरस संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै नेफ्टा अवार्ड वितरण कार्यक्रम स्थगित गरिएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का सचिव दिव्यराज सुवेदीले जानकारी दिए।

">