कैलाली। खोला वा नदीमा बनाइएको पुल वारपार गर्दा शुल्क तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। अझ यो खबर नेपालकै हो भन्दा झन् तपाईं अचम्मित नहुने कुरै भएन।

हो, सुदूरपश्चिमको कैलाली र कञ्चनपुर सीमा भएर बग्ने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्छ। शुल्क नतिरी कसैले पनि ओहोरदोहोर गर्न पाउँदैनन्।

कैलाली र कञ्चनपुरको सीमा कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल नबन्दा स्थानीयवासीले पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता छ।

धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट वस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि शुल्क तिर्दै आएका छन्।

दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएको स्थानीयवासी कमल चौधरीले बताए। कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयवासीले ‘लन्डन ब्रीज’ नामको अस्थायी पुल बनाएका छन्।

पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १०, प्रतिव्यक्ति १० र अटोरिक्साको ५० रूपैयाँ शुल्क कायम गरिएको छ। “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोरदोहोरमै समस्या पर्थ्यो”, पुलका चौकीदार सुन्दर चौधरीले भने, “त्यसैले पुल तर्दा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ।”

अस्थायी काठेपुलबाट दैनिक ६०० देखि ९०० सम्म रकम संकलन हुँदै आएको छ। राजघाटका किसानले उत्पादन गरेको तरकारी विक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको छ।

पुल तर्नका लागि दैनिक ५० रूपैयाँ  छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ। वर्षैपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ। यसरी हरेक वर्ष नयाँ अस्थायी पुल बनाउने र बर्षातमा नदीले बगाएर लैजाने गर्दछ।

बनेन पुल
धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहनाको नदीमा निर्माणाधीन पुलको दुईपटक म्याद थप्दासमेत निर्माण कम्पनीले काममा बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन।

पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी एलाइड एड्भेन्चरले निर्धारित समयमा पुलको काम नसकेपछि कम्पनी कारबाहीमा परेको छ।

मोहना–राजघाट पुल निर्माणका लागि दोस्रोपटक थपिएको समय २०७६ साल असारमा सकिएको थियो। त्यति हुँदासमेत पुल निर्माणको काम ५५ प्रतिशतमात्र सम्पन्न भएको सडक डिभिजन साइट कार्यालयले बताएको छ।

तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा एलाइड एड्भेन्चरले ८ करोड रूपैयाँमा पुल निर्माणको ठेक्का पाएको थियो।

" /> कैलाली। खोला वा नदीमा बनाइएको पुल वारपार गर्दा शुल्क तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। अझ यो खबर नेपालकै हो भन्दा झन् तपाईं अचम्मित नहुने कुरै भएन।

"> पुल तरेको पनि पैसा !: Dekhapadhi
पुल तरेको पनि पैसा !

प्रतिक्रिया दिनुहोस्