काठमाडौं। यूरोपेली च्याम्पियन्स लिगमा अन्तिम–१६ को पहिलो लेगमा एक शून्यले पछि परेको स्थिति उल्ट्याउने लक्ष्यसाथ लिभरपुलले आज राति स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडलाई आथित्यता प्रदान गर्दैछ।
घरेलु लिगमा यो साता बर्नमाउथमाथि हासिल गरेको २–१ को नतिजाले एनफिल्ड क्लब (लिभरपुल)लाई राहत दिएको छ। यससँगै घरेलु मैदानमा लगातार २२ खेलमा जित हात पारेको लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा २५ अंकको अग्रता लिएको छ।
३० वर्षपछि पहिलोपटक लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलले पछिल्ला तीन फरक प्रतियोगिताको चारमध्ये तीन खेलमा पराजय भोगेको थियो। लगातारको हारसँगै लिभरपुलको विजयी यात्रामा धक्का लागेको थियो।
वाटफोर्डमा ३–० ले पराजित भएपछि आर्सनलको अपराजित रहँदै लिग उपाधि जितेको कीर्तिमान बराबरी गर्ने मौका लिभरपुलले गुमाएको थियो। लगत्तै अर्को खेलमा चेल्सीसँग २–० ले पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको थियो। यससँगै म्यानचेस्टर यूनाइटेडले १९९८/९९ को सिजन तेहेरो उपाधि जितेको उपलब्धी दोहो¥याउने मौका लिभरपुलले गुमायो।
दुई साताअघि एट्लेटिको भ्रमणमा १–० ले पराजित भएपछि लिभरपुलको तेहेरो उपाधि जित्ने लक्ष्यमा पहिलो धक्का लागेको थियो। तथापी, लिभरपुललाई आज राति घरेलु मैदानमा पहिलो लेगको नतिजा उल्ट्याउने अवसर कायमै छ।
“यो लामो सिजनमा हामीले धेरै खेल खेल्यौं। कुनै पनि खेलकुदमा सिजनभर उच्च प्रदर्शन गर्न असम्भव जस्तै हुन्छ,” बर्नमाउथविरुद्धको खेलमा गोललाइनबाट बल क्लियर गरेका जेम्स मिल्नरले भने, “आफ्नोतर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरे पनि कहिलेकाँही नतिजा आउँदैन। यस्तो अवस्थामा हामीले विजयी नतिजा निकालेका छौं।”
पहिलो रोजाईका गोलकिपर अलिसन बेकर ‘हिप’को चोटका कारण मैदानबाहिर छन्। जसले लिभरपुललाई सबभन्दा ठूलो धक्का लागेको छ।
उच्च लयमा हुँदा लिभरपुलले घरेलु मैदानमा हुने दोस्रो लेगमा पुनरागमन गर्ने अनुमान गरिएको थियो। विशेषगरी गत सिजन बार्सिलोनासँग अवे खेलमा ३-० ले पराजित भएको लिभरपुलले घरेलु मैदानमा ४-० को नतिजा निकालेको थियो।
तथापी, एट्लेटिकोले लिभरपुललाई स्तब्ध बनाउन सक्छ। डिसेम्बरको शुरूआत र मध्य फेब्रुअरीको बीचमा लिभरपुलले ११ मध्ये दश खेलमा ‘क्लिनसिट’ नतिजा निकालेको थियो। तर, पछिल्लो पाँच खेलमा लिभरपुलले प्रत्येकमा गोल खाएको छ।
पहिलो रोजाईका गोलकिपर अलिसन बेकर ‘हिप’को चोटका कारण मैदानबाहिर छन्। जसले लिभरपुललाई सबभन्दा ठूलो धक्का लागेको छ। गत साता लिभरपुलले चेल्सीविरुद्ध पहिलो गोल दोस्रो रोजाईका गोलकिपर एड्रियनको गल्तिमा खाएको थियो। लिभरपुललाई मिडफिल्डमा जोर्डन हेन्डरसनको पनि अभाव खड्किने छ। एट्लेटिकोविरुद्धकै पहिलो लेगमा हेन्डरसन ‘ह्यामस्ट्रिङ इन्जुरी’को शिकार बनेका थिए।
बर्नमाउथविरुद्ध गोल गर्दै मोहम्मद सलाह र साडियो मानेले आफ्नो लय कायमै राखेका छन्। तर, रोबर्टो फिर्मिनोको खराव लय प्रशिक्षक योर्गन क्लोपका लागि चिन्ताको विषय हुनसक्छ।
खाली रंगशालामा खेल्न नपर्ने भएकाले लिभरपुललाई घरेलु समर्थकको साथ हुनेछ। २०१५ मा लिभरपुलको नेतृत्व सम्हालेपछि क्लोप युरोपियन प्रतियोगितामा घरेलु मैदानमा पराजित भएका छैनन्।
एट्लेटिकोविरुद्ध पुनरागमन गर्न सके प्रतियोगितामा लिभरपुलको सम्भावना खुला रहन्छ।
“एनफिल्डमा स्वागत गर्न हाम्रा समर्थक तयार छन्। खेल अझै सकिएको छैन,” पहिलो लेगको नतिजापछि जर्मन प्रशिक्षक क्लोपले भनेका थिए।
कोरोना भाइरसका कारण इटली, फ्रान्स र स्पेनमा दर्शकबिनाको रंगशालामा खेल्न भनिएको छ। तर, बेलायतमा भने त्यो नियम लागू गरिएको छैन। पेरिस सेन्ट जर्मेन (पीएसजी) र बोरुसिया डर्टमण्डबीचको खेल खाली रंगशालामा खेलिने छ।
युभेन्टस् र लियोनबीचको खेल भएमा त्यो पनि खाली रंगशालामै खेलिनेछ। पीएसजी, रियाल मड्रिड र युभेन्टस पहिलो लेगमा पराजित भएका थिए। बार्सिलोना भने १–१ को बराबरीमा रोकिएको थियो।

“कठिन खेलमा हामी तल परेका छौं,” मिल्नरले भने, “उनीहरू कति राम्रो र संगठित टीम हुन् भन्ने हामीलाई थाहा छ। तर, आशा छ हामी उनीहरूविरुद्ध पुनरागमन गर्नेछौं र फेरि एकपटक एनफिल्डमा विशेष रात मनाउनेछौं।”
" /> काठमाडौं। यूरोपेली च्याम्पियन्स लिगमा अन्तिम–१६ को पहिलो लेगमा एक शून्यले पछि परेको स्थिति उल्ट्याउने लक्ष्यसाथ लिभरपुलले आज राति स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडलाई आथित्यता प्रदान गर्दैछ।घरेलु लिगमा यो साता बर्नमाउथमाथि हासिल गरेको २–१ को नतिजाले एनफिल्ड क्लब (लिभरपुल)लाई राहत दिएको छ। यससँगै घरेलु मैदानमा लगातार २२ खेलमा जित हात पारेको लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा २५ अंकको अग्रता लिएको छ।

">