काठमाडाैं। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ।

नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उनको भनाइ थियो।

सोही क्षेत्रका सांसद्समेत रहेका उनले नगरपालिकाको भवन निर्माणसँगै छरिएको ठाउँबाट दिँदै आएको सेवा एकै ठाउँबाट दिने हुँदा सेवाग्राहीलाई सहज हुने बताए।।

“भवनको सही सदुपयोग गरी गुणस्तरीय सेवा र सेवाको स्तरलाई बढाउँदै लानुपर्छ”, रक्षामन्त्रीसमेत रहेका उनले भने। सेवामा पारदर्शी भएमात्र टोखाको विकास हुने उनको भनाइ थियो।

नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताए। नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुसार कक्षा सञ्चालन गरेको उनको भनाइ थियो।

नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक १२ करोड रूपैयाँ लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिइन्। सात तलाको नयाँ बन्ने भवन डेढ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ।

जिल्ला समन्वय समिति काठमाडौं प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौंमा रहेका ११ नगरपालिकामध्ये ९ नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको जानकारी दिए।

नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताए। कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८.५४ प्रतिशत जनसंख्या साक्षर रहेको उनको भनाइ थियो।

२०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत थियो। सोही अवसरमा साक्षरता बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

" /> काठमाडाैं। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ।

"> टोखा नगरपालिका साक्षर घाेषित: Dekhapadhi
टोखा नगरपालिका साक्षर घाेषित

प्रतिक्रिया दिनुहोस्