काठमाडौं। चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नियुक्तिका लागि सुनुवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित राजदूत पाण्डेविरुद्ध कुनै उजुरी भए समितिलाई जानकारी दिन भनेको छ।
समितिले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्ने भएको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको जानकारी दिए।
१८ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफारिस गरेको थियो। समितिले नाम अनुमोदन गरेमा पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ।